श्रीमान लिन आएपछि श्रीमतीले गरिन् आत्महत्या

काठमाण्डु टुडे २०७० मंसिर २४ गते १४:१९ मा प्रकाशित

suicideरौतहट, २४ मंसिर– घर लैजानका लागि श्रीमान लिन आउँदा माइतमा बस्दै आएकी एक महिलाले रौतहटमा आत्महत्या गरेकी छिन् ।

विवाह भएको सात महिनापछि घर भित्र्याउन आइतबार साँझ श्रीमान माइत बस्दै आएकी श्रीमती लिन गएका थिए । विवाह भएपछि केही महिनाका लागि श्रीमानले श्रीमतीलाई माइती छाड्ने र पछि घर भित्राउने (गौना) चलन तराइको मधेसी समुदायमा रहेको छ ।

विवाहपछि माइती छाडेर गएपछि सोमबार घर भित्र्याउने तयारीअनुसार ससुराली पुगेका श्रीमान्लाई देखेर भेडियाही गाविस–५ की उर्मिला देवीले राति घरमै विषसेवन गरी आत्महत्या गरेको बताइएको छ ।

गत वैशाखमा गौर नगरपालिका–६ टिकुलिया टोलका गणेश ठाकुरको २० वर्षीय छोरा लालबाबु ठाकुरसँग उनको  विवाह भएको थियो । घटना रहस्यमय रहेको भन्दै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us