काठमाण्डु, २६ मंसिर– नेपाल पत्रकार महासंघले पत्रकार वीके पाल्पालीको जीवन रक्षाका लागि सहयोग गर्न सबैलाई अपील गरेको छ । महासंघ केन्द्रीय समितिको बुधबार बसेको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले पाल्पालीको उपचार व्यवस्था मिलाउन सरकारसहित सबैको ध्यानाकर्षण गराएको हो । महासंघले आफूले सञ्चालन गरेको ‘बीके...
पाल्पा, २६ मंसिर– मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले ताजा जनादेशअनुसार आफू दलहरुलाई सरकारको जिम्मेवारी सुम्पन तयार रहेको बताएका छन् । गृहजिल्ला पाल्पाको तानसेनमा बुधबार भएको कार्यक्रममा उनले मुलुकमा छिट्टै निर्वाचित सरकारको हातमा जाने बताए । उनले आफ्नो नेतृत्वको सरकार शान्तिपूर्ण र स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न...
स्याङ्जा, २६ मंसिर–मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले बुधबार पश्चिम स्याङ्जाको आलमदेवी गाविसमा पर्ने धार्मिक तथा ऐतिहासिक महत्वको स्थल आलमदेवी मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन् । पूर्व राजपरिवारको कुलदेवता मन्दिर भनेर चिनिने आलमदेवी मन्दिरमा अध्यक्ष रेग्मी पहिलोपटक दर्शनका लागि पुगेका हुन् । अध्यक्ष रेग्मीको साथमा...
काठमाडौ, २६ मंसिर । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले मन्त्री परिषदको अध्यक्षमा प्रधानन्यायाधिस खिलराज रेग्मीलाई र निर्वाचन आयोगको प्रमुख आयुक्तमा निलकण्ठ उप्रेतिलाई ल्याउनु गंभिर गल्ती भएको बताएका छन् । बुधबार काठमाण्डुमा भएको साक्षात्कारमा उहाँले पार्टी निकटका मान्छेलाई मन्त्रिपरिषदको अध्यक्ष र निर्वाचन आयोगको आयुक्त बनाएर...
तौलिहवा, २६ मंसिर–कपिलबस्तुको चन्द्रौटामा ट्रिपरको ठक्करबाट बुधबार विहान एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बीरपुर–९ का पाँच बर्षीय कपील भण्डारी रहेका छन् । लु १ ख ५३९९ नम्बरको ट्रिपरले स्कूल जाँदै गरेका भण्डारीलाई ठक्कर दिएको थियो ।...
गौर, २६ मंसिर–रौतहटको लक्ष्मीनियाँ गाविस ९ गुटुवा टोलमा हात्तिको आक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोविन्द गिरी र उनका छोरा सुमन रहेका छन् । घरमा सुतिरहेकोबेला जंगलबाट आएका हात्तिले उनीहरु बाबु–छोरालाई आक्रमण गरेको थियो ।...
कावासोती, २६ मंसिर–पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा जङ्गलमा मंगलबार राती बस दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् । घाइतेमध्ये आठजनालाई उपचारका लागि चितवनको भरतपुर लगिएको छ । सामान्य घाइते चार जनाको भने मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भइरहेको छ । बाँकेको नेपालगन्जबाट काठमाण्डुका लागि...
म्याग्दी, २६ मंसिर-म्याग्दीको ताकम गाविस–७ हिलापोखरीका वृद्धवृद्धा दम्पतीले व्यक्तिगत लगानीमा दुई किलोमिटर सडक निर्माण गरेका हुन् । हिलापोखरी घर भई हाल पोखरा नदीपुर बस्ने रेशम पुन र उनकी श्रीमती बनिकाको तीन लाख रुपैयाँ लगानीमा ताकम–३ किमचौरदेखि हिलापोखरी गाउँ पुग्ने सडक निर्माण गरिएको उपभोक्ता समितिले...
चन्द्रनिगाहपुर, २६ मंसिर–सदरमुकाम गौरमा मंगलबार साँझ एक कानुन व्यवसायीलाई कुटपिट गर्ने सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी कानुन व्यवसायी लालबाबु यादवलाई कुटपिट गर्ने सशस्त्र प्रहरी जवान कृष्ण पौडेल पक्राउ परेका हुन् । साँझ साढे ७ बजे सशस्त्र प्रहरीका जवान...
पोखरा, २६ मंसिर–पोखराको पार्दीमा रहेको जिल्ला कारागार कास्कीमा अहिले खानेपानीको अभावले कारागारका बन्दी र सुरक्षाकर्मीलाई निकै अप्ठ्यारो परेको छ । खानेपानी संस्थानबाट जोडिएको धारामा कहिलेकाहीँ मात्र पानी आउने हुनाले बजेट नहुँदा नहुँदै पनि दैनिक दुई ट्याङ्कर पानी किनेर खानुपर्ने बाध्यता आइपरेको निमित्त जेलर विष्णुप्रसाद...
काठमाण्डु, २६ मंसिर–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबारबाट ५९ औं वसन्त पूरा गरेका छन् । उनको जन्म २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरी गाविस -२ लेवाडेमा भएको थियो । जन्मदिनका अवसरमा प्रचण्ड निवास लाजिम्पाटमा कुनै कार्यक्रम भने राखिएको छैन ।...
काठमाण्डु,२५ मंसिर-नेपाली काँग्रेस संसदीय समितिको मंगलवार बसेको बैठकमा प्रमुख राजनीतिक दलहरुबीच पछिल्लो समयमा भएका द्विपक्षीय त्रिपक्षीय वार्ता र पार्टीले आगामी दिनमा लिने रणनीतिका बारेमा छलफल गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवासहित संसदीय समितिका...