पत्रकार पाल्पालीको जीवन रक्षाका लागि महासंघको अपिल

काठमाण्डु टुडे २०७० मंसिर २६ गते १२:०६ मा प्रकाशित

fnj logoकाठमाण्डु, २६ मंसिर– नेपाल पत्रकार महासंघले पत्रकार वीके पाल्पालीको जीवन रक्षाका लागि सहयोग गर्न सबैलाई अपील गरेको छ ।
महासंघ केन्द्रीय समितिको बुधबार बसेको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले पाल्पालीको उपचार व्यवस्था मिलाउन सरकारसहित सबैको ध्यानाकर्षण गराएको हो ।

महासंघले आफूले सञ्चालन गरेको ‘बीके पाल्पाली बचाउ अभियान’ मा सहयोग गर्न सबै जिल्ला, प्रतिष्ठान र एसोसिएट शाखालाई निर्देशन समेत दिएको छ ।

यसैबीच महासंघले  गोरखापत्र दैनिकका पत्रकार गोकर्ण अर्याल र झापाकी पत्रकार मनिषा गौतममाथि भएको आक्रमणको निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us