सशस्त्र प्रहरी जवान पक्राउ

काठमाण्डु टुडे २०७० मंसिर २६ गते ३:२५ मा प्रकाशित

चन्द्रनिगाहपुर, २६ मंसिर–सदरमुकाम गौरमा मंगलबार साँझ एक कानुन व्यवसायीलाई कुटपिट गर्ने सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी कानुन व्यवसायी लालबाबु यादवलाई कुटपिट गर्ने सशस्त्र प्रहरी जवान कृष्ण पौडेल पक्राउ परेका हुन् ।

साँझ साढे ७ बजे सशस्त्र प्रहरीका जवान पौडेलले मादक पदार्थ सेवन गरी गौरको वाणिज्य बैक चोकमा रहेको महेश मेडिसिनमा औषधि लिन गएका कानुन व्यवसायी यादवमाथि एक्कासि आक्रमण गरेको स्थानीयले बताएका छन् ।

सशस्त्र प्रहरीको कुटाइबाट कानुन व्यवसायी यादवको दाहिने आँखा र टाउकोमा चोट लागेको  छ । कुटपिट गर्ने जवानलाई स्थानीयले प्रहरीलाई जिम्मा लगाएका थिए । घटनाबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्ने  सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रराज श्रेष्ठले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us