बस दुर्घटनामा १२ जना घाइते

काठमाण्डु टुडे २०७० मंसिर २६ गते ५:२० मा प्रकाशित

कावासोती, २६ मंसिर–पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा जङ्गलमा मंगलबार राती बस दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये आठजनालाई उपचारका लागि चितवनको भरतपुर लगिएको छ । सामान्य घाइते चार जनाको भने मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।

बाँकेको नेपालगन्जबाट काठमाण्डुका लागि छुटेको ना ३ ख ८५३६ नम्बरको बस चोरमारा जङ्गलमा अनियन्त्रित भई सडकबाट १२ मिटर तल खसेको थियो ।

चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us