पूर्वराजाको कूल देवतालाई रेग्मीको फूल प्रसाद

काठमाण्डु टुडे २०७० मंसिर २६ गते १०:०० मा प्रकाशित

khilrajस्याङ्जा, २६ मंसिर–मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले बुधबार पश्चिम स्याङ्जाको आलमदेवी गाविसमा पर्ने धार्मिक तथा ऐतिहासिक महत्वको स्थल आलमदेवी मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन् ।

पूर्व राजपरिवारको कुलदेवता मन्दिर भनेर चिनिने आलमदेवी मन्दिरमा अध्यक्ष रेग्मी पहिलोपटक दर्शनका लागि पुगेका हुन् । अध्यक्ष रेग्मीको साथमा सूचना तथा सञ्चारमन्त्री माधव पौडेलसहित अन्य सरकारी अधिकारीहरुको पनि सहभागिता थियो ।

अध्यक्ष रेग्मीसहितको टोली आलमदेवी मन्दिरमा पुग्दा स्थानीयले पूर्व राजालाई जस्तै बाजागाजासहित स्वागत गरेका थिए ।

त्यसअवसरमा अध्यक्ष रेग्मीले स्थानीयसँग विभिन्न समस्याबारे छलफलसमेत गरेका स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए ।

गृहजिल्ला पाल्पाका बिभिन्न कार्यक्रममा सहभागी हुन आएकोबेला उनी स्याङ्जाका शक्तिपीठमा पनि आएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us