दलहरुलाई सरकार सुम्पन आतुर छु: रेग्मी

काठमाण्डु टुडे २०७० मंसिर २६ गते ११:४३ मा प्रकाशित

पाल्पा, २६ मंसिर– मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले ताजा जनादेशअनुसार आफू दलहरुलाई सरकारको जिम्मेवारी सुम्पन तयार रहेको बताएका छन् ।
Khilaraj-Regmiगृहजिल्ला पाल्पाको तानसेनमा बुधबार भएको कार्यक्रममा उनले मुलुकमा छिट्टै निर्वाचित सरकारको हातमा जाने बताए ।

उनले आफ्नो नेतृत्वको सरकार शान्तिपूर्ण र स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न गर्न सफल भएकामा खुसी पनि व्यक्त गरे । ‘सरकारले शान्तिपूर्ण निर्वाचन गर्ने दायित्व पूरा गरेको छ’, रेग्मीले भने, ‘सरकार यथाशक्य छिटो जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छ ।’

रेग्मीले निर्वाचनपछि देखिएको असमझदारी हटाउन दलहरुलाई आग्रहसमेत गरे । स्वच्छ र निष्पक्ष वातावरणमा निर्वाचन भएकाले जनमतको कदर गर्न सबैलाई रेग्मीको आग्रह थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us