मध्यपश्चिममा ८६१ मानवअधिकार उल्लङ्घनका घटना

काठमाण्डु टुडे २०७० मंसिर २५ गते ६:०६ मा प्रकाशित

नेपालगन्ज, २५ मंसिर–राष्ट्रिय मानवअधिकार आयोगको तथ्याङ्कअनुसार गत छ महिनाको अवधिमा मध्यपश्चिममा ८६१ मानवअधिकार उल्लघङ्नका घटना भएका छन् ।

गत वैशाखदेखि कात्तिकसम्म मध्यपश्चिमान्चलका १५ जिल्लामा हत्या, ज्यान मार्ने उद्योग, यातना, दुव्र्यहार, बलात्कार, जग्गा तथा बालीनाली कब्जा, लुटपाट, महिला तथा बालहिंसा, भेदभावलगायतका मानवअधिकार उल्लघङ्नका घटना भएका छन् ।

आयोगले मंगलबार नेपालगन्जमा गरेको कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कमा मुलुकमा राजनीतिक अस्थिरता, अराजकता र दण्डहीनताको अवस्था बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ । ‘मानवअधिकारका लागि हातेमालो गरौं,’ नारासहित आयोजना गरिएको ‘मानवअधिकारको अवस्था र मानव अधिकार रक्षकको सुरक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताले सबैको साझा प्रयासबाट मात्र मानवअधिकारको संरक्षण तथा संवद्र्धन हुनसक्ने धारणा राखेका थिए ।

कार्यक्रममा पुनरावेदन अदालत नेपालगन्जका मुख्य न्यायाधीश केशवप्रसाद मैनाली, आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल, अधिवक्ता विश्वजित तिवारी, अधिकारकर्मी भोला महत, पत्रकार नीरज गौतम, प्रहरी वरिष्ठ उपरीक्षक मधुप्रसाद पुडासैनी र सहायक प्रजिअ कृष्ण आचार्यले मुलुकमा मानवअधिकारको अवस्था सप्रदै गएपनि सुधारका चुनौती पनि प्रशस्त रहेको बताएका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us