पैसा लिएपछि स्थानीयले लगाए रंगशालामा ताल्चा

काठमाण्डु टुडे २०७० मंसिर २३ गते ९:१६ मा प्रकाशित

nepalgunj ranjashalaबाँके, २३ मंसिर– स्थानीयले आज नेपालगन्ज रंगशालामा मूलढोकामा तालाबन्दी गरेका छन् । रंगशालामा प्रवेश शुल्क लगाइएपछि आन्दोलित बनेका स्थानीयले तालाबन्दी गरेका हुन् ।

क्षेत्रीय खेलकुद विकास समितिले एक हप्ताभित्र माग पूरा गर्ने सहमति गरे पनि अहिलेसम्म कुनै सुनुवाइ नभएपछि आन्दोलन चर्काउनुपरेको संघर्ष समितिका संयोजक सन्दीपजंग शाह ले बताएका छन् । समितिले बिहान १० देखि ११ बजेसम्म हातमा कालोपट्टी बाँधेर विरोध पनि गरेका छन् ।

रंगशालाजस्तो सार्वजनिक स्थानमा जानका लागि सबैलाई सहज हुनुपर्नेमा प्रवेश शुल्क लगाइएपछि विरोध गर्नुपरेको शाहले बताए । तीन महिनादेखि सर्वसाधारणबाट मासिक ३ सय  खेलाडीबाट वार्षिक ३ सय रुपैयाँ रंगशाला समितिले लिइरहेको छ ।

संघर्ष समितिले वार्षिक बजेटको पारदर्शी, कार्यालयमा सूचना अधिकारी तोक्नुपर्ने, प्रत्येक तीन तीन महिनामा कार्यालयका प्रत्येक सूचना अध्यावधिक गर्नुपर्ने र प्रवेश शुल्क तत्काल खारेज गर्नुपर्नेलगायत माग राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us