घात गर्नेलाई ननिकाले सबैले राजीनामा दिने

काठमाण्डु टुडे २०७० मंसिर २३ गते ११:०० मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, २३ मंसिर– संविधानसभा निर्वाचनमा उदयपुर–२ मा भएको अन्तर्घात बारे पार्टीले छानबिन नगरे काँग्रेस जिल्ला समिति उदयपुरका सम्पूर्ण पदाधिकारीहरुले राजीनामा दिने चेतावनी दिएका छन् ।

जिल्ला अनुशासन समितिले नेपाली काँग्रेस उदयपुरका पूर्व सभापति विदुर बस्नेत, महासमिति सदस्य केशव बस्नेत र उदयपुर–२ का क्षेत्रीय सभापति बसन्तकुमार बस्नेतको अन्तर्घातले हार्नु परेको ठहर गर्दै उनीहरुलाई पार्टीबाट निष्काशन नगरे संयुक्त रुपमा राजीनामा दिने चेतावनी दिएका हुन् ।

काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै काँग्रेस उदयपुर जिल्ला सभापति हिमाल कार्कीले भने, ‘काँग्रेसको ७ हजार ५ सय ११ मत, समानुपातिकतर्फ ७ हजार ६ सय ५१ मत देखिनुले १ सय ४० मत अन्तर्घात भएको र विजयी हुने दलको समानुपातिक भन्दा काँगे्रसले ४ सय ५० मत बढी ल्याएको छ ।’

उनले थपे, ‘डाटा हेर्दा पनि सिधै अन्तर्घात देखिन्छ त्यस्ता व्यक्तिहरुलाई कारवाहीका लागि पार्टी सभापति समक्ष सिफारिस गरिसकिएको छ यदी कारवाही गरिएन भने हामी पार्टी कार्यालयमा अमरण अनसन बस्छौं त्यति गर्दा पार्टी नेतृत्वले कारवाही गरेन भने सामूहिक राजीनामा दिन्छौं ।’

क्षेत्र नं. २  प्रत्यक्ष उम्मेदवार प्रमिला राईले २०५६ सालको आमनिर्वाचनमा तीनै जनाले अन्तर्घात गरेको कारण कारवाहीमा परेका उदाहारण दिँदै अहिले अन्तर्घात गर्नेलाई कारवाही नगरे पार्टीको भविष्य नै संकटमा पर्ने दावी गरिन ।

समानुपातिक तर्पmकी उम्मेदवार लक्ष्मी परियारले आप्mनै पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेर हराउने विदुर बस्नेत लगायतकालाई गाउँ समिति, नगर वडा कार्य समिति, त्रियुगा नगर कार्यसमिति, क्षेत्रीय निर्वाचन अनुशासन अनुगमन समिति र निर्वाचन पश्चातको समीक्षा बैठकले कारवाहीको सिफारिस गरिसकेकोले तत्कालै पार्टीबाट निष्काशन गर्न माग गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us