अवैध रक्सीले पुर्‍यायो अस्पताल

काठमाण्डु टुडे २०७० मंसिर २३ गते १३:१६ मा प्रकाशित

raksi bajiविराटनगर, २३ मंसिर– मदिरा सेवनबाट यहाँका दुई व्यक्ति गम्भीर रुपमा बिरामी परेका छन् ।

बिरामी भएकाहरु कटहरी–८ निवासी वर्ष २२ का सतन क्रृषिदेव र सोही ठाउँ बस्ने वर्ष १९ का सत्यनारायण क्रृषिदेव हुन् । कटहरीको एक मदिरा पसलमा मदिरा सेवन गरिरहेका दुवैजना अचेत भएका थिए ।

दुवैजनालाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us