जन्ती बोकेको बस पल्टिँदा ३३ घाइते

काठमाण्डु टुडे २०७० मंसिर २२ गते ६:०० मा प्रकाशित

दमौली, २२ मङ्सिर–तनहुँको पुर्कोट–३ बडहरेमा जन्ती बोकेको एउटा बस शुक्रबार राति सडक छेउमा पल्टिँदा ३३ जना घाइते भएका छन् भने दुई जना गम्भीर रहेका छन् ।
चितवनबाट जन्ती लिएर बेसी सहर जाँदै गरेको ग १ ख ४५१२ नंको बस दुर्घटनामा परी गम्भीर घाइते हुनेमा रुपाकोट–४ का ७० वर्षीय छविराम परियार र लम्जुङ भोटेवडार–८ की १६ वर्षीय रेनुका परियार रहेका छन् । घाइतेमध्ये १२ जनाको भरतपुर मेडिकल कलेज चितवन र २१ जनाको लमजुङको बेसी सहरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ ।
बसमा ५५ जना थिए । क्षमताभन्दा बढी यात्रु र तीव्र गतिका कारण बस अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ । बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकोे छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us