६ सय २६ रोपनीको गाँजा नष्ट

काठमाण्डु टुडे २०७० मंसिर २२ गते १०:१३ मा प्रकाशित

gaja nastaउदयपुर, २२ मंसिर– प्रहरीले उदयपुरको पश्चिमी पहाडी गाविस तथा मध्य पहाडी गाविसमा लगायएका अवैध गाँजा खेती नष्ट गरेको छ ।अभियानका क्रममा  ६ सय २६ रोपनी जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।

मंसिर १४ गतेबाट इलाका प्रहरी कार्यालय कटारीको टोली र सशस्त्र प्रहरीको टोलीले जिल्लाको पश्चिमी भेगका पहाडी गाविसहरु इनामे, रुपाटार, ठानागाउँ, ओख्ले, लेखगाउँ लगायतका गाविसमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली पठाएर अवैध गाँजा खेती फँडानी गरेको थियो ।

यस्तै सदरमुकाम गाईघाटबाट जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली तथा सशस्त्र प्रहरी टोलीले जिल्लाको मध्य पहाडी गाविस भुटार र ठानागाउँ क्षेत्रमा पनि गाँजा फँडानी गरेको छ ।

जिल्लाका पहाडी भेगका गाविसमा धेरै गाँजा खेती रहेको प्रहरी प्रमुख अजय भट्टराईले बताए । उदयपुरमा गत वर्ष पनि प्रहरीले पाँच हजार रोपनी जग्गा बराबरको अवैध गाँजा खेती नष्ट गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us