सभापति कोइरालाद्वारा मण्डेलाप्रति श्रद्धाञ्जलि

काठमाण्डु टुडे २०७० मंसिर २१ गते ९:०७ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– कााग्रेस सभापति सुशील कोइरालाले दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति एवम् रङ्गभेदविरोधी नेता नेल्सन मण्डेलाको ९५ वर्षको Nelson Mandela on Day After Releaseउमेरमा जोहान्सवर्गमा निधन भएको खबरबाट आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।
सभापति कोइरालाले शुक्रबार एक शोक सन्देश जारी गर्दै दक्षिण अफ्रिकामा रङ्गभेद शासनको अन्त्य गरी सबै जनतालाई समान अधिकार उपभोग गर्ने अवसर प्रदान गर्न आजीवन समर्पित मण्डेलाको निधनको दु:खद घडीमा दक्षिण अफ्रिकी सरकार, त्यहााका जनता र शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन् ।
मण्डेलाको निष्ठा, त्याग, समर्पण र नि:स्वार्थ भावले दक्षिण अफ्रिकालाई प्रजातन्त्रको आधुनिक युगमा प्रवेश गराएको भन्दै सभापति कोइरालाले जनता र राष्ट्रलाई सर्वाेपरी सम्झेर काम गर्ने मण्डेला हाम्रो युगका एक महान् आदर्श भएको र त्यही आदर्शले विश्व राजनीतिलाई चिरकालसम्म मार्ग निर्देशन गरिरहने  विश्वास व्यक्त गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us