वैदेशिक रोजगार विभागका निर्देशकविरुद्ध मुद्दा दायर

काठमाण्डु टुडे २०७० मंसिर २१ गते ११:४० मा प्रकाशित

काठमाण्डु, २१ मंसिर–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका निर्देशक रमेशप्रसाद मैनालीविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा akhtiyarदायर गरेको छ ।
अख्तियारले शुक्रबार मैनालीसहित विभागकै कम्प्युटर अपरेटर पप्पुकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुमाथि कागजातमा दोहोरो अर्थ लाग्ने गलत विवरण उल्लेख गरी सेवाग्राहीलाई दु:ख दिने गरेको आरोप लगाइएको छ ।

अनुसन्धानबाट उनीहरुले आर्थिक लाभ लिने बदनियतका साथ सरकारी कागजात दुरुपयोग गरी काम गर्ने गरेको खुल्न आएको अख्यितयारले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us