
काठमाण्डु, २१ मंसिर– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सरकार गठनमा नेपाली काँग्रेसलाई समर्थन गर्ने भएको छ ।
अध्यक्ष विजयकुमार गच्छदारले शुक्रबार काँग्रेस सभापति सुशील कोइरालालाई उनकै निवास महाराजगञ्जमा भेटी जनादेशअनुसार काँग्रेसले सरकार चलाउन पाउनुपर्ने बताएका हुन् ।
कोइरालाको निजी सचिवालयका अनुसार गच्छदारले काँग्रेस नेतृत्वमा बन्ने सरकारलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहने समेत बताएका छन् । यस्तै गच्छदारले राष्ट्रपति परिवर्तनको पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट गरे ।
भेटमा कोइराला र गच्छेदारले संविधानसभा सदस्यमा निर्वाचित भएकामा एक अर्कालाई बधाईसमेत दिएका थिए ।