
काठमाण्डु, २१ मंसिर–जातिभेद तथा रङ्गभेदविरोधी आन्दोलनका अग्रणी नेता तथा दक्षिण अफ्रिकाका काला जातिका पहिलो राष्ट्रपति नेल्सन मण्डेलाको निधनप्रति नेपाल कम्युनिस्ट पार्टीले गहिरो दुःख प्रकट गर्दै दिवङ्गत नेताप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ ।
पार्टीका सहअध्यक्ष लोकनारायण सुवेदीद्वारा शुक्रबार जारी विज्ञप्तिमा मण्डेलाको निधनले दक्षिण अफ्रीकी राष्ट्रिय काँग्रेस, दिवङ्गत नेता मण्डेलाका परिवार तथा दक्षिण अफ्रीकी जनताले एक आदर्शवान् र अत्यन्तै प्रिय नेता ‘मडिबा’ गुमाएको भन्दै गहिरो समवेदना व्यक्त गरिएको छ । रासस