घाइते एमाओवादी कार्यकर्ताको निधन

काठमाण्डु टुडे २०७० मंसिर २० गते १६:२० मा प्रकाशित

ओखलढुङ्गा, २० मङ्सिर–ओखलढुङ्गामा मङ्सिर १ गते भएको बस दुर्घटनामा परी घाइते भएका एकीकृत नेकपा (माओवादी)का एक जना कार्यकर्ताको बिहिवार मृत्यु भएको छ ।
सदरमुकामबाट निसंखेतर्फ गएको बस ठूलाछाप गाविसको कुँडुलेमा दुर्घटना हुँदा गम्भीर घाइते भएका कुइभीर गाविसका २४ वर्षीय चतुरमान राईको उपचारका क्रममा मृत्यु भएको हो ।
ओखलढुङ्गामा उपचार हुन नसकेपछि काठमाडौँको ग्रीनसिटी असपतालमा उपचारका क्रममा मृत्यु भएको एमाओवादी जिल्ला संयोजक खड्ग योगीले जानकारी दिए ।
एमाओवादीको सभाका लागि गएको ना२ख ३२११ नम्बरको बस दुर्घटना हुँदा केन्द्रीय सदस्य राम कार्कीसहित ४१ जना एमाओवादीका कार्यकर्ता घाइते भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us