सशस्त्रद्वारा विजेता खेलाडीहरुलाई ४ लाख

काठमाण्डु टुडे २०७० मंसिर २० गते १३:०६ मा प्रकाशित

apf-puraskarकाठमाण्डु, २० मंसिर– सशस्त्र प्रहरी बल (एपिएफ)ले विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा नेपाललाई पुर्‍याउन सफल राष्ट्रिय क्रिकेट टिमका खेलाडी, पदाधिकारी र प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले टोलीलाई फूलमाला र अबिरले सम्मान गर्दै टिम कप्तान पारस खड्कालाई एकमुष्ट चार लाख रुपैयाँको चेक दिएका हुन् । हल्चोकस्थित एपिएफकै प्रधान कार्यालयमा आयोजित कार्यक्रममा चेक दिँदै महानिरीक्षकले खेलाडीहरुलाई बधाई तथा शुभकामना दिए ।

राष्ट्रिय क्रिकेट टिममा रहेका १५ खेलाडीमध्ये ८ जना एपिएफ क्लबका खेलाडीहरु हुन् । युएईमा हालै सम्पन्न विश्वकप टि–२० क्रिकेट छनोट प्रतियोगितामा नेपालले हङ्कङलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक विश्वकपमा छनोट भएको थियो । साथै नेपाल छनोट प्रतियोगितामा तेस्रो पनि भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us