नयाँ जनादेश अनुसार राष्ट्रपति : विष्ट

काठमाण्डु टुडे २०७० मंसिर २१ गते ५:४८ मा प्रकाशित

Gokarna-Bistaबुटवल, २१ मंसिर-नेकपा एमालेका केन्द्रीय सदस्य तथा नवनिर्वचित संविधानसभा सदस्य गोकर्णराज विष्टले नयाँ जनादेशलाई आत्मसात् गरेर राष्ट्रपतिको चयन हुनुपर्ने बताएका छन् । दोस्रो संविधानसभाबाट नयाँ जनादेश प्राप्त भएकाले सोही जनादेशअनुसार राष्ट्रपति चुन्नुपर्ने उनको भनाइ छ ।

नेकपा एमाले गुल्मी क्षेत्र नम्बर ३ रुपन्देही सम्पर्क मञ्चले बुटवलमा गरेको सम्मान कार्यक्रममा नेता विष्टले लोकतान्त्रिक शक्ति वा राजनीतिक पार्टीले नयाँ जनादेशलाई मान्नुपर्ने धारणा राखे । पूर्वऊर्जामन्त्रीसमेत रहेका नेता विष्टले सहमतिबाट संविधान निर्माणका लागि एमालेले अधिकतम प्रयास गर्ने र सो प्रयास सफल हुन नसके विधि तथा प्रक्रियाबाट दुई तिहाइको आधारमा संविधान जारी गरिने बताए ।

निर्वाचन प्रक्रियामा भाग लिएपछि जनताको मतलाई अस्वीकार गर्न नपाइने बताउँदै उनले मत परिणामलाई स्वीकार गरेर संविधान निर्माण कार्यमा जुट्न एमाओवादीलाई आग्रहसमेत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us