विषादी मिसाइएको दूध पिउँदा बालकको मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर २० गते ७:५७ मा प्रकाशित

गौशाला, २० मङ्सिर–विषादी मिलाइएको दूध पिउँदा महोत्तरीको बनौली–दनौली गाविसमा बिहिवार बिहान एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बनौली–दनौली गाविस– ६ बस्ने रामसागर मुखियाका ६ वर्षीय छोरा श्रवण मुखिया रहेका छन ।
बिरालालाई मार्ने उद्देश्यले घरमा विषादी मिलाइराखेको दूध बालकले बिहान ८ बजे ट्युसन पढेर फर्केपछि पिउँदा निजको मृत्यु भएको स्थानीय सञ्चारकर्मी वैद्यनाथ चौधरीले बताए ।
दूध पिएपछि बेहोस भएका बालकलाई तत्काल उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा लगिएको थियो तर त्यहाँ बालकलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
सो घटनाबारे थप जानकारीका लागि घटनास्थल पुगी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक ललन माझीले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us