लायन्स क्लबस् अन्तर्राष्ट्रिय सम्मेलन आज

काठमाण्डु टुडे २०७० मंसिर २० गते १:५९ मा प्रकाशित

Lions-Clubकाठमाण्डु, २० मंसिर–लायन्स क्लबस् अन्तर्राष्ट्रियको ४१औं क्षेत्रीय सम्मेलन विहीबारदेखि काठमाण्डुमा सुरु हुदै छ  । हायात रिजेन्सी होटलमा हुने सम्मेलन आउँदो शनिबारसम्म चल्ने छ ।

राष्ट्रपति डा. रामवरण यादवले उदघाटन गर्ने उक्त सम्मेलनमा युरोप, अमेरिका र अस्ट्रेलियाका आमन्त्रित पाहुनाहरू समेत सहभागी हुने आयोजक समितिका सभापति सञ्जय खेतानले जानकारी दिए । लायन्स क्लबस् इन्टरनेसनल मल्टिपल डिस्ट्रिक ३२५ नेपालले आयोजना गर्न लागेको सम्मेलनमा दक्षिण एसिया, अफ्रिका र मध्यपूर्वका ६३ राष्ट्रका लायन्स प्रतिनिधिको सहभागिता रहनेछ । आमन्त्रित पाहुनासमेत गरी १०० राष्ट्रका दुई हजार ५०० लायन्स र नेपालका एक हजार ५०० लायन्सको सम्मेलनमा सहभागिता रहने बताइएको छ ।

दृष्टिविहीनलाई आँखाको ज्योति प्रदान गर्नुलाई आफ्नो सेवाको प्रमुख लक्ष्य बनाउँदै आएको लायन्स क्लबले अन्य सामाजिक सेवामा समेत योगदान पुर्याउदै आएको छ । यसवर्ष लायन्स क्लबस् अन्तर्राष्ट्रियले दादुरा तथा रुबेला खोप कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारलाई २४ लाख अमेरिकी डलर सहयोगस्वरूप उपल्ब्ध गराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us