
धादिङ, २० मंसिर–धादिङको बैरेनीमा विहीबार विहान ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेका १९ बर्षीय रुपेश पराजुली र धादिङ जीबनपुरका २० बर्षीय सुदीप गजुरेल रहेका छन् ।
बा ४१ प ५४५१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई विहान १० बजेतिर ना ४ ख २४४३ नम्बरको ट्याङ्करले बैरेनी ८ मछेडीखोला भन्ने स्थानमा ठक्कर दिएको थियो । ट्याङ्करको ठक्करबाट दुबैजनाको घटनास्थलमै मृत्यु भएको गजुरी प्रहरीले जनाएको छ ।
ट्रक दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते
यसैबीच पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको तम्सरीयामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।
ना ३ ख २७५१ नम्बरको ट्रक तम्सरिया–५ फूलबारी घुम्तिमा गएराति ११ बजेतिर अनियन्त्रित भई पल्टिदा उदयपुर घर भएका ६४ बर्षीय ट्रक धनि खड्क बहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा ट्रक चालक रौतहट पौराहीका बिकराज वाइबा र सर्लाही बर्मैया ४ का कमल मगर घाइते भएका छन् । घाईते दुबैजनालाई उपचारको लागि चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको ईलाका प्रहरी कार्यालय कावासोतिले जनाएको छ ।
शव फेला पर्यो
यसैबीच, नवलपरासीको रजहर गाबिस २ नारायणी नदीको कुलेनी घाटमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी २५ बर्षीय पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय कावासोतिले जनाएको छ । शवलाई प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलिमा राखिएको छ ।