ट्रक दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते

काठमाण्डु टुडे २०७० मंसिर २० गते २:४२ मा प्रकाशित

nabalparasi-Mapकावासोति, २० मंसिर–पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको तम्सरीयामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।

ना ३ ख २७५१ नम्बरको ट्रक तम्सरिया–५ फूलबारी घुम्तिमा गएराति ११ बजेतिर अनियन्त्रित भई पल्टिदा उदयपुर घर भएका ६४ बर्षीय ट्रक धनि खड्क बहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ट्रक चालक रौतहट पौराहीका बिकराज वाइबा र सर्लाही बर्मैया ४ का कमल मगर घाइते भएका छन् । घाईते दुबैजनालाई उपचारको लागि चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको ईलाका प्रहरी कार्यालय कावासोतिले जनाएको छ ।

यसैबीच, नवलपरासीको रजहर गाबिस २ नारायणी नदीको कुलेनी घाटमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी २५ बर्षीय पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय कावासोतिले जनाएको छ । शवलाई प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलिमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us