आचरण सुधार्न महानिरीक्षकको निर्देशन

काठमाण्डु टुडे २०७० मंसिर १८ गते १४:२१ मा प्रकाशित

igp_upendra_k_aryalमोरङ, १८ मंसिर– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीको आचारण एवम् व्यवहारलाई समय अनुकूल सुधार गर्दै संगठनको आन्तरिक सुदुढीकरण गर्न निर्देशन दिएका छन् ।

आमजनतामा प्रहरीको छवि सुधार गरी जनताको सेवक हुन् भन्ने प्रमाणित गर्न पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरमा मंगलबार प्रहरी अधिकृत एवम् जवानलाई महानिरीक्षक आर्यालले  निर्देशन दिएका हुन् ।

उनले  प्रहरी संगठनले व्यावसायिकता अगाल्नु पर्ने बताउँदै दण्ड र एवम् पुरस्कारको नीतिलाई सबै दर्जका प्रहरी कर्मचारीप्रति समान व्यवहार गरिने बताए ।

अवसरमा पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले निर्देशन दृढताका साथ पालन गर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us