आज नारायण गोपालको २३ औं स्मृति दिवस

काठमाण्डु टुडे २०७० मंसिर १९ गते २:२७ मा प्रकाशित

Narayan-gopal1काठमाण्डु, १९ मंसिर–स्वर सम्राट नारायण गोपालको २२ औं स्मृति दिवस बुधबार संगीतकर्मीहरुले बिभिन्न कार्यक्रम आयोजना गरी मनाउदै छन् । उनको सम्झनामा बुधबार महाराजगञ्जस्थित उनकै घरमा साङ्गितिक कार्यक्रम आयोजना गरिएको छ । साथै महाराजगन्ज चोकमा रहेको नारायण गोपालको शालिकमा माल्यार्पण गरिएको छ ।

नारायणगोपालले झण्डै ५ सय नेपाली गीतमा आफ्नो स्वर दिएका छन् । गायक नारायण गोपालका मलाई नसोध कहाँ दुख्छ घाउ, दुईटा फूल देउरालीमा, जुन फुल मैले रोजेको थिए, एउटा मान्छेको मायाले कति लगायतका गीतहरु अहिले पनि उत्तिकै लोकप्रीय छन् । उनले स्वर तथा संगीत दिएका लोक, झ्याउरे र आधुनिक गीत सबै चर्चित र कालजयी छन् । उनले पहिलो पटक २०१७ सालमा रेडियो नेपालमा गीत रेकर्ड गराएका थिए । ‘पक्षीको पंखमा धर्तीको याद’ बोलको गीत उनको पहिलो रेकर्ड भएको गीत हो ।

स्वर सम्राट नारायण गोपाल सर्वोत्तम संगीतकार, सर्वोत्तम गायक, रत्न रेकर्ड पुरस्कार, गोरखा दक्षिण बाहु चौथो लगायत थुप्रै पुरस्कारबाट सम्मानित भएका छन् ।

बागीना नामक पहिलो सांगितिक पत्रिकाको प्रकाशक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक, सञ्चार मन्त्रालयमा सल्लाहकारसमेत रहेका नारायण गोपालले गीति नाटकको कथा ‘कान्छी मस्याङ’ लेखेका थिए ।

बाबु आशागोपाल र आमा रामदेवी गुरुवाचार्यको कोखबाट विक्रम सम्वत १९९६ असोज १८ गते काठमाण्डुको किलागलमा जन्मिएका नारायण गोपालको निधन २०४७ साल मंसिर १९ गते राति ९ बजे बीर अस्पतालमा भएको भयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us