समाचार

सतबीज छर्न गएका पुरुष नदीमा डुबेर बेपत्ता

२०७० मंसिर १७ गते ४:४५

चितवन, १७ मंसिर–बालाचतुर्दशीका अवसरमा चितवनको रत्ननगरबाट देवघाटमा सतबीज छर्न गएका एक पुरुष सोमबार बिहान नारायणी नदीमा बगेएर बेपत्ता भएका छन् । चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल पवित्र तीर्थस्थल देवघाटधाममा नुहाउने क्रममा उनलाई नदीले बगाएको हो । सो क्षेत्रमा सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक इन्द्रराज...

संविधानसभा अदालतको पहिलो इजलाश आज

२०७० मंसिर १७ गते ३:१९

काठमाण्डु, १७ मंसिर–सोलुखुम्बुको संविधानसभा निर्वाचन बदर गर्न माग गर्दै संविधानसभा अदालतमा दायर गरिएको उजुरीमा छलफल गर्न सोमबार पहिलो इजलाश बस्दै छ । काँग्रेस सभासद बलबहादुर केसीको सपथ ग्रहण रोक्न अन्तरकालीन आदेश माग गर्दैै उजुरी परेपछि त्यसबारे छलफल गर्न पहिलो इजलाश बस्न लागेको हो ।...

वैद्य माओवादीको पोलिटव्युरो बैठक जारी

२०७० मंसिर १७ गते २:३५

काठमाण्डु, १७ मंसिर– संविधानसभा निर्वाचनपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपा–माओवादीको पोलिटव्युरो बैठक बसिरहेको छ । काठमाण्डुको बुद्धनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकले पछिल्लो राजनीतिक अवस्थाको समिक्षा गर्दै पार्टीको धारणा तय गर्ने नेकपा–माओवादीले जनाएको छ । उपाध्यक्ष सीपी गजुरेलका अनुसार संविधान निर्माणमा पार्टीको भुमिकाबारे बैठक...

आज बाला चतुर्दशी (फोटो फिचर सहित)

२०७० मंसिर १७ गते २:२२

काठमाण्डु, १७ मंसिर– आफ्नो परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सोमबार बाला चतुर्दशी पर्व मनाइदै छ । बाला चतुर्दशीको अवसरमा काठमाण्डुको पशुपति नाथ लगायतका शिवालयहरुमा सतबिज छर्नेहरुको घुइँचो लागेको छ । धान, जौं, तिल, गहुँ, चना, मकै, कागुनो, मूला, हलेदो, मिश्रीत सात प्रकारका...

काँग्रेसमा ९१ जनाका लागि दुई सयको सूची

२०७० मंसिर १७ गते २:०९

काठमाण्डु ९ पुस–नेपाली काँग्रेसमा ९१ जनाका लागि करीव दुई सय सभासदका आकाँक्षी देखिएका छन । संसदीय वोर्डमा रहेका १४ जना नेताका आ आफनो पोल्टाबाट भिकिएका सूची सदर गराउन खोज्दा काँग्रेस भित्रको किचलो बढेर गएको छ । सभापति सुशिल कोइरालाले ६० प्रतिशत र शेरबहादुर देउवाले...

आतंक मचाउने बाघ समातियो

२०७० मंसिर १७ गते २:०६

चितवन, १७ मंसिर–विगत केहि दिनदेखि माडीको गर्दी र बघौडाका क्षेत्रहरुमा आतंक मच्चाईरहेको बाघ नियन्त्रणमा आएको छ । सितलपुर र त्यस आसपासका क्षेत्रहरुमा लगातार पशुचौपाया मार्ने तथा स्थानियलाई त्रसित बनाउन थालेपछि स्थानिय र मध्यवर्तिको पहलमा बाघ नियन्त्रणमा लिन निकुन्जलाई दवाव दिईएको थियो । चितवन राष्टिय...

संविधान बनाउन चुनिएकाले भने–एक बर्ष भित्र पुल बनाइ छाड्छौं

२०७० मंसिर १७ गते २:०१

सोलुखुम्बु, १७ मंसिर–संविधानसभा निर्वाचनमा सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाबाट प्रत्यक्षतर्फ निर्वाचित सभासदहरुले आगामी एक वर्षभित्रमा सुनकोसीमा पुल बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरुले तीनवटै जिल्लाको मुख्य समस्याका रुपमा रहेको सुनकोसी नदीको पुल छिटोभन्दा छिटो सम्पन्न गर्नका लागि आफ्नो तर्फबाट पहल...

सासूबाट कुटिएकी महिलालाई उपचारका लागि बाहिर पठाइयो

२०७० मंसिर १७ गते १:०५

ताप्लेजुङ, १७ मङ्सिर–हप्तादिन अगाडि कान्छी सासूबाट कुटिएकी महिलालाई जिल्ला अस्पतालबाट बाहिर पठाइएको छ । टाउकोमा चोट भएको र सिटी स्क्यानको सुविधा नभएका कारण दुई दिन अगाडि अस्पताल भर्ना भएकी खाम्लुङ निवासी अनुसा लिम्बूलाई जिल्ला बाहिर पठाइएको हो । “सिटी स्क्यान गर्नुपर्छ भन्नुभो, त्यसैले धरान...

छानबिन आयोग बन्दैन: कांग्रेस/एमाले

२०७० मंसिर १६ गते १७:००

चुनावमा भएको धाँधली छानविन गर्न आयोग गठन नगरे समानुपातिकको सूची निर्वाचन आयोगलाई नबुझाउने एकीकृत माओवादीको पछिल्लो निर्णयलाई दुई प्रमुख दलहरुले घुर्किको रुपमा लिएका छन्। उनीहरुले त्यसलाई माओवादीको राजनीतिक दबाबका रुपमा अर्थ्याउँदै आयोग बनाउने विषयलाई अस्वीकार गरेका छन्। कांग्रेस र एमालेका नेताले यसबाट प्रारम्भिक रुपमा...

एमाले उम्मेदवार मार्ने एमालेकै नेता थुनामा

२०७० मंसिर १६ गते १६:३७

बारा, १६ मंसिर– बारा क्षेत्र नं ४ का एमाले उम्मेदवार मोहम्मद आलमको हत्या अभियोगमा पूर्वसभासदसहित तीन जनालाई थप अनसन्धानका लागि थप हिरासतमा परेका छन् । जिल्ला अदालत बाराले आइतबार एमालेकै पूर्वसभासद रामचन्द्र प्यासी कुशवाह, भारतीय मुलका अतिक खान र राजु श्रीवास्तवलाई पुर्पक्षका लागि थुनामा...

शृङ्खला जीत पछि हार र हार पछि जीतको

२०७० मंसिर १६ गते १६:३७

काठमाण्डु, १६ मङ्सिर–एकीकृत नेकपा (माओवादी)का नेता डा बाबुराम भट्टराईले हालै सम्पन्न संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीले  प्रतिकूल, अप्रत्यासित र अस्वाभाविक नतिजा प्राप्त गरे पनि विचलित र हतास नहुने बताएका छन । नेता भट्टराईले आइतवार प्रेस विज्ञप्ति प्रकाशित गरी निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि परिवर्तन,...

सहकार्य हिमालय क्षेत्रको विकास र उत्थानका लागि

२०७० मंसिर १६ गते १५:१९

काठमाण्डु, १६ मङ्सिर–राष्ट्रपति डा. रामवरण यादवले हिमालय क्षेत्रको विकास र उत्थानका लागि यस क्षेत्रका मुलुकहरुको सहकार्य आवश्यक रहेको बताएका छन । राष्ट्रिय योजना आयोग र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को  आयोजनामा  हिन्दूकुश हिमालय क्षेत्रमा गरिबी र जोखिमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us