आज बाला चतुर्दशी (फोटो फिचर सहित)

काठमाण्डु टुडे २०७० मंसिर १७ गते २:२२ मा प्रकाशित

8काठमाण्डु, १७ मंसिर– आफ्नो परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सोमबार बाला चतुर्दशी पर्व मनाइदै छ । बाला चतुर्दशीको अवसरमा काठमाण्डुको पशुपति नाथ लगायतका शिवालयहरुमा सतबिज छर्नेहरुको घुइँचो लागेको छ ।

5 6 7 8धान, जौं, तिल, गहुँ, चना, मकै, कागुनो, मूला, हलेदो, मिश्रीत सात प्रकारका बीऊलाई सतबीज भनिन्छ । सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने र पूण्य प्राप्त हुने धार्मिक विश्वास छ । सतविज १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरुप र किराँतेश्वरीमा छर्ने गरिन्छ ।

सतविज छर्न मुलुकका विभिन्न स्थानबाट पशुपतिनाथ मन्दिर परिसरमा आइतबार नै आएर रातभर जाग्राम बसेका थिए । त्यस्तै तनहुँ र चितवनको संगमस्थल देवघाट र नवलपरासीको त्रिवेणीमा सतबीज छर्नेको विहानैबाट घुईचो लागेको छ । – तस्वीर : दिनेश श्रेष्ठ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us