आतंक मचाउने बाघ समातियो

काठमाण्डु टुडे २०७० मंसिर १७ गते २:०६ मा प्रकाशित

चितवन, १७ मंसिर–विगत केहि दिनदेखि माडीको गर्दी र बघौडाका क्षेत्रहरुमा आतंक मच्चाईरहेको बाघ नियन्त्रणमा आएको छ । सितलपुर र त्यस आसपासका क्षेत्रहरुमा लगातार पशुचौपाया मार्ने तथा स्थानियलाई त्रसित बनाउन थालेपछि स्थानिय र मध्यवर्तिको पहलमा बाघ नियन्त्रणमा लिन निकुन्जलाई दवाव दिईएको थियो । चितवन राष्टिय निकुन्जबाट खटिएको बाघ नियन्त्रण टोलीमा विशेषज्ञ, चिकित्सक तथा संरक्षणकर्मीहरु लगायत गरि २८ जना रहेका थिए ।

बाघलाई समातेर कसरा लगिएको छ । बाघ नियन्त्रणका लागी निकुन्जबाट ५ वटा हात्ती परिचालन गरिएको थियो । केहि दिन यता सो बाघले त्यस क्षेत्रमा ३ वटा पशुचौपाया मार्नुका साथै २ वटालाई घाईते बनाएको थियो । यसअघि माडीकै अयोध्यापुरी क्षेत्रमा पनि बाघले दर्जनभन्दा बढी पशुचौपाया मारेको थियो ।

निकुन्जबाट जंगली जनावर बस्तीमा पसेर क्षति पुराउने तथा बालीनालीमा क्षति गर्ने कार्य नरोकिएकामा सर्वसाधारण पनि चिन्तित भएका छन् । साथै यो समस्या समाधानका लागि केन्द्रबाटै दिर्घकालिन समाधान खोज्न पनि माग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us