भ्रष्टाचार सुधारमा नेपाल २२ स्थान माथि

काठमाण्डु टुडे २०७० मंसिर १८ गते १०:१० मा प्रकाशित

transparency-internationalकाठमाण्डु, १८ मंसिर– ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचार सम्बन्धी सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार नेपाल भ्रष्ट्राचार निवारणमा सुधार गर्ने मुलुकमा २२ स्थान माथि आएको छ ।

यस वर्ष नेपाल भ्रष्टाचार अवधारणा सूचकांकमा केही सुधार गर्दै १ सय १६ औं स्थानमा आएको हो । यस अघि नेपाल भ्रष्टा १ सय ३९ औं स्थानमा थियो । अघिल्लो वर्ष २७ स्कोर पाएको नेपालले यसपटक ३१ स्कोर पाएर यस स्थान पाएको हो ।

सूचकांकमा ५० भन्दा कम स्कोर पाउने देश भ्रष्टाचार ग्रस्त रहेको संकेत गर्दै नियन्त्रणका लागि पहल जारी राख्नुपर्ने बुझिन्छ । ५० भन्दा कम स्कोर पाउने दक्षिण एसियाली मुलुकहरुमा अफगानिस्तान, बंगलादेश र पाकिस्तान पनि रहेका छन् । सो मुलुकहरुले क्रमशः ८, २७, २८ स्कोर पाएको छ ।

सो सूचकांकका अनुसार ० स्कोरले अधिकतम भ्रष्टाचार रहेको १०० स्कोरले न्यूनतम भ्रष्टाचार रहेको भन्ने बुझिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us