
काठमाण्डु, १८ मंसिर– वाणिज्य तथा आपूर्ति र अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अतिकम विकसित राष्ट्रको व्यापार प्रवद्र्धन र दिगो आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय केन्द्रको स्थापना हुनुपर्ने बताएका छन् ।
अतिकम विकसित राष्ट्र (एलडिसी)को व्यापार, सेवा र निर्यातमा बजारको पहुँच वृद्धि र क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै उनले सो केन्द्रको स्थापनाका लागि विकसित मुलुकले सहयोग गर्नुपर्ने धारण राखेका छन् ।
इन्डोनेसियाको बालीमा जारी विश्व व्यापार संगठनको सम्मेलनअन्तर्गत अतिकम विकसित राष्ट्रको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री कोइरालाले सन् २०११ मा मन्त्रिस्तरीय बैठकबाट निर्णय भएको अतिकम विकसित राष्ट्रलाई विश्व व्यापार, निर्यात र बजारका पहुँचका लागि दिइएको प्राथमिकताअनुरुप ती राष्ट्रले आफ्नो आवश्यकता पहिचान गरी सामूहिक र प्रभावकारी रुपमा सुविधा लिनुपर्ने उल्लेख गरे ।