
काठमाण्डु, १८ मंसिर– अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले शिक्षा मन्त्रालयबाट गत साल एमबीबीएसमा छात्रवृत्ति पाएका विद्यार्थीहरुको भर्ना लिन मन्त्रालय र सम्बन्धित संस्थालाइ निर्देशन दिएको छ ।
आयोगले गत साल मेडिकल कलेजमा भएको सिट संख्याको आधारमा विद्यार्थीहरुको भर्ना लिन आदेश दिएको हो । गत वर्ष छात्रवृत्ति पाएका २४ जना विद्यार्थीले एमबीबीएस पढ्न वञ्चित भएपछि आमरण अनसनमा बस्ने चेतावनी दिएसँगै आयोगले यस्तो निर्देशन दिएको हो ।
विद्यार्थीहरुले पत्रकार सम्मेलन गरी अनसन बस्ने र त्यसले पनि नपुगे आत्महत्या गर्न बाधय पारिए त्यसको जिम्मा सरकार र सम्बन्धीत निकायले लिनुपर्ने चेतावनी दिएका थिए ।
सम्बन्धीत समाचार: एमविविएस पढ्न नपाए आमरण अनसन बस्ने