
काठमाण्डु, १८ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम कक्ष तथा अध्यागमन कार्यालयका कर्मचारी, मेनपावर कम्पनीका सञ्चालक र विचौलीयाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
ती कार्यालयका ६४ जनाविरुद्ध विगो ३४ लाख ३९ हजार ५ सय रुपैयाँ कामम गरी मुद्दा दायर गरिएको आयोगको सहसचिव प्रेमकुमार राईले जानकारी दिए ।