नेपाल आउनासाथ प्रचण्डलाई भेटे चिनियाँ अधिकारीले

काठमाण्डु टुडे २०७० मंसिर १८ गते १३:५० मा प्रकाशित

Prachanda and Qiu Guohongकाठमाण्डु, १८ मंसिर– दोस्रो संविधानसभा निर्वाचनपछि नेपालको समग्र वस्तुस्थिति बुझ्न चिनियाँ उच्च अधिकारीहरु नेपाल आइपुगेका छन् ।

नेपाल पछिल्लो राजनीतिक परिस्थितिमा चासो दिँदै चीनको आन्तरिक सुरक्षा मामिलाका महानिर्देशक तथा नेपालका लागि पूर्व चनियाँ राजदूत छिउ गुओहोङ मंगलबार काठमाण्डु आइपुगेका हुन् ।

चिनियाँ अधिकारी गुओहोङले काठमाण्डु आउनासाथ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग भेटवार्ता समेत गरिसकेको स्रोतले बताएको छ । प्रचण्डसँग गुओहोङले चुनावी परिणाम र एमाओवादीका हारका विषयमा चासो दिएको बताइएको छ ।

उनले प्रचण्डसँग अबको राजनीतिक माहोलका बारे पनि चर्चा गरेको स्रोतको दाबी छ । प्रचण्डले निर्वाचनमा षडयन्त्र भएको जनाउँदै छानबिन नभए संविधानसभामा नजाने आफूहरुको अडान रहेको बताएका थिए ।

निर्वाचन अघि देखिनै भारत र चीनका उच्च अधिकारीहरु आउने क्रम बाक्लिँदै गएको हो । निर्वाचनपछि यसले झन् तीव्र रुप लिने क्रममा चिनियाँ अधिकारीको नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us