
चितवन, १७ मंसिर– सशस्त्र प्रहरी महानिरीक्षक काेषराज वन्तले संविधानसभाको निर्वाचनमा शसस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा आयोजित प्राविधिक सशस्त्र प्रहरी अधिकृत तथा अन्य दर्जा आधारभूत तालिमको समापन गर्दै उनले सुरक्षा निकायमा रहेका सबैले आफ्नो जिम्मेवारी पूरा गरेको भन्दै प्रशंसा गरे ।
सो अवसरमा सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक पुष्पराम केसी र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका समादेशक रामप्रकाश श्रेष्ठले तालिमबाट पाएको सीपलाई कार्य क्षेत्रमा प्रयोग गर्न निर्देशन दिए ।