एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर १७ गते ४:४६ मा प्रकाशित

दमक, १७ मंसिर–झापाको सतासीधाम–५ झिलझिलेमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मे १ च १५६७ नम्बरको एम्बुलेन्सको ठक्करबाट सतासीधाम–५ की ५८ वर्षीया चन्द्रमाया कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान ४ बजेतिर केही व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । कटुवाललाई ठक्कर दिने एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us