नेपालमा दिनहुँ चारजनालाई एचआईभी

काठमाण्डु टुडे २०७० मंसिर १६ गते ३:०७ मा प्रकाशित

world-aids-day-2013काठमाण्डु, १६ मंसिर– ‘एचआईभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पुर्याऔं’भन्ने नाराकासाथ विश्व एड्स दिवस आइतबार बिभिन्न कार्यक्रम गरी मनाइदै छ ।

एचआईभी र एडस्को प्रभावकारी रोकथाम, उपचार, हेरचाह र सहयोगकालागि विश्वव्यापी समर्थन जुटाउन तथा जनचेतना जगाउने उद्देश्यले हरेक बर्ष डिसेम्वर १ तारिकमा यो दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनको अग्रसरतामा सन् १९८८ देखि एड्स दिवस मनाउन लागिएको हो ।

नेपाल सरकारले सन् २०१५ सम्म एचआइभीको नयाँ संक्रमणलाई ५० प्रतिशत घटाउने र एड्सबाट हुने मृत्युलाई २५ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । नेपालमा दिनहुँ चार जनालाई एचआईभी संक्रमण हुने गरेको अनुमान छ । नेपालमा हाल ४८ हजार ६ सय एचआईभी संक्रमित रहेको सरकारी तथ्यांक छ । तिमध्ये ८ प्रतिशत बालबालिका छन् ।

एक प्रकारको भाइरसबाट लाग्ने एचआईभी संक्रमणले एड्सको रुप लिन्छ । एचआईभीको कारण रोगसँग लड्ने क्षमता कम हुँदै जान्छ । व्यक्तिको शारिरिक अवस्थालाई हेरि एचआईभीबाट एड्सको रुप लिन २ देखि १५ बर्षसम्म लाग्छ । एचआईभीबाट बँच्न विश्वासिलो एकजनासँग मात्र यौन सम्पर्क गर्न, संक्रमित सुई प्रयोग नगर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us