‘सबैलाई मान्य हुने संविधान एक बर्ष भित्रै’

काठमाण्डु टुडे २०७० मंसिर १६ गते ६:३३ मा प्रकाशित

Shekhar-Koirlaमोरङ, १६ मंसिर–नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले एकीकृत नेकपा माओवादी र वैद्य माओवादीलाई पनि मान्य हुने नयाँ संविधान एक बर्षभित्र जारी गर्ने दावी गरेका छन् । सबै दलको सहमति एवम् सहकार्यमा छिट्टै सरकार गठन गर्ने र नयाँ संविधान लेखन कार्य सुरु गर्ने उनले जानकारी दिए ।

नवनिर्वाचित सभासद् समेत रहेका कोइरालाले विराटनगरमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेसको नेतृत्वमा सबै पार्टीलाई समेटेर सहमतिको सरकार गठन गर्ने जानकारी दिए । शासकीय स्वरुप एवम् संघीयताको विवाद समाधानका लागि दलहरुबीच सहमति खोज्ने, सहमति नभए दुई तिहाई बहुमतबाट समाधान गर्ने र त्यसो गर्दा पनि सहमति नभए जनमत सङ्ग्रहमा जाने उनको भनाइ छ ।

दोस्रो संविधानसभा निर्वाचनले जातीय आधारमा संघीयता बनाउने राजनीतिक एजेण्डा पराजित भएको उल्लेख गर्दै नेता कोइरालाले सबै जातजातिको पहिचान सम्बोधन हुने गरी लोकतान्त्रिक संविधान निर्माण हुने दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us