धाँधलीको प्रमाण फेला पार्‍यो चुरेभावरले

काठमाण्डु टुडे २०७० मंसिर १६ गते १०:३७ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– चुरेभावर राष्ट्रिय एकत पार्टी नेपालले दोस्रो संविधानसभा निर्वाचनमा धाँधली भएको भन्दै धाँधलीका विभिन्न प्रमाणहरु फेला पारेको बताउँदै छानबिन नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

निर्वाचनमा नेपाली जनताले निर्भयका साथ मतदान गरेपनि मतपेटिका संकलन र मतगणनाका क्रममा धाँधली भएको उल्लेख गर्दै पछिल्लोपटक सर्लाही क्षेत्र नं २ मा त्यसका केही प्रमाण फला परेको दावी गरेको छ ।

सो पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै सर्लाही २ को वरहथवा–नयाँरोड सडकखण्डमा पर्ने जंगलमा मतपेटिका भेटिएको बताएको छ । त्यस्तै विज्ञप्तिमा एमाले, काँग्रेस र सद्भावना पार्टीका प्रतिनिधिबाहेक अन्य पार्टी प्रतिनिधिका हस्ताक्षरबिना नै मतपेटिका खोलिएकोमा पनि आपत्ति जनाएको छ ।

जनताको अभिमतलाई बंगाउने काम भएको भन्दै निर्वाचन आयोगसँग प्रष्टिकरण माग्दै चुरेभावरले धाँधलीको छानबिनको माग समेत गरेको छ ।

चुरेभावर पार्टीले निकालेको प्रेस विज्ञप्ति
election dhadali praman-churebhawar-

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us