
काठमाण्डु, १६ मंसिर । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले आफुले आफ्नो पार्टी संविधानसभामा जाने कुरा नबताएको जिकिर गरेका छन् । उनले आफ्नो पार्टी निर्वाचनको सम्पूर्ण प्रक्रियाकै विरोधमा रहेकाले जति सिट दिएपनि संविधानसभामा नजाने बताएका हुन् ।
गजुरेलले एक प्रेस विज्ञप्तिमार्फत केही दिन पहिला आफूले सम्मानजनक सिट दिए संविधासभामा सहभागी हुने भन्ने कुरा आफूले नभनेको र भ्रमपूर्ण रुपमा सञ्चारमाध्यममा आएको जिकिर गर्दै उनले भने, ‘मैले भन्दै नभनेको कुरालाई भ्रमपूर्ण रुपमा प्रचार गरियो । अहिलेकै अवस्थामा आफ्नो पार्टी संविधानसभा र सरकार सहभागी हुँदैन ।’
संवाद डबलीले गरेको अन्तक्र्रियामा नेता गजुरेलले संविधानसभा निर्वाचनको परिणामले मुलुकलाई निकास नदिने र शान्ति प्रक्रियालाई निष्कर्षमा नपु¥याउने भन्दै उपाध्यक्ष गजुरेलले निर्वाचनमा नगएका दलसमेतको गोलमेच सम्मेलन गरी सहमतिको सरकार गठन गर्नुपर्ने बताए ।
एमाओवादीसँग पार्टी एकता र संयुक्त मोर्चा दुवै नहुने तर संविधानसभालाई छोडेर गोलमेच सम्मेलनमा आए सहकार्य हुनसक्ने बताए ।