गोरखामा न्वागी पर्वको रौनक

काठमाण्डु टुडे २०७० मंसिर १६ गते २:१४ मा प्रकाशित

गोरखा, १६ मंसिर–जिल्लाको ताकुकोटस्थित माई भगवती मन्दिरमा बर्सेनि हुने न्वागी जात्रा यो वर्ष पनि धुमधामसँग मनाइएको छ ।  स्थानीय कला र संस्कृतिको संरक्षणका लागि यहाँ हरेक वर्ष यो पर्व मनाउने गरिन्छ ।

मेला भर्न छिमेकी जिल्ला धादिङ, लमजुङलगायतका श्रद्धालुहरु आउने गर्दछन् । पर्वको अवसरमा मन्दिरमा लाखबत्ती बाल्ने तथा स्थानीय नाचहरु (पाउँदुरे, मारुनी, चुड्का, भजन) प्रदर्शन गर्ने गरिन्छ ।

हरेक वर्ष मङ्सिर १५ गते समापन गरिने यो मेला यस वर्ष धेरै मानिसले अवलोकन गरेका छन् । मेलामा स्थानीय सामग्री, सुन्तला, बदाम, भिरमह, निगालोबाट तयार गरिएका भकारी, डालो, नाङ्लो, पाटबाट तयार गरिएका नाम्लो, डोरीलगायत स्थानीय खाद्य परिकारहरु बिक्री भएका थिए ।

खेती थन्क्याउने मंसिर महिनाको समयमा पनि मेला भर्न आउनेको संख्या धेरै रहेको स्थानीय शिक्षिका मेनुका दवाडीले जानकारी दिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us