भारतबाट फर्केपछि प्रचण्डले भनेः कुनै राजनीतिक भेट भएन

काठमाण्डु टुडे २०७० मंसिर १५ गते १४:१५ मा प्रकाशित

prachanda 2

काठमाण्डु, १५ मंसिर– छोरीको स्वास्थ्य अवस्था बुझ्न भारत गएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्केका छन् । प्रचण्ड दिउँसो अपरान्ह स्वदेश आइपुगेका हुन् ।

बिरामी छोरी भेटेर फर्केका प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफू राजनीतिक भ्रमणमा नगएको बताउँदै विशुद्ध पारिवारिक भेटघाटका लागि भारत गएको बताएका छन् ।

उनले भने, ‘कुनै राजनीतिक भेटघाट भएन, छोरीको स्वास्थ्यस्थिति बुझ्न भारत गएको हुँ ।’ उनले भारत जानेबित्तिकै अन्यथा लिनु नहुने बताउँदै प्रचण्डले आफ्नी छोरीलाई बिरामी शैयामा भेटेर आएको बताए ।

दिल्लीको अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी जेठी छोरी ज्ञानुलाई भेट्न प्रचण्ड सपरिवार बिहीबार दिल्ली गएका थिए । ८ वर्षदेखि छातीको क्यान्सरबाट पीडित ज्ञानुको दिल्लीस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

prachanda-gyanu dahal in india

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us