एमविविएस पढ्न नपाए आमरण अनसन बस्ने

काठमाण्डु टुडे २०७० मंसिर १५ गते ९:४१ मा प्रकाशित

MBBS struggleling studdentकाठमाण्डु, १५ मंसिर– एमविविएसको जाँच दिई पढ्न जान नपाएका पीडित विद्यार्थीहरुले आमरण अनसन बस्ने चेतावनी दिएका छन् । शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले एक हप्ताभित्र पढ्न जाने वातावरण नगरे अनसन बस्ने चेतावनी दिएका हुन् ।

उनीहरुले शिक्षा मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र काठमाण्डु विश्वविद्यालय अनुत्तरदायी भैरहने हो भने सड्क संघर्ष, जुलुस, रिले अनसन बस्ने र त्यसबाट पनि सम्बन्धित निकायले वेवास्ता गरे आपूmहरुको पढ्न पाउने अधिकार सुनिश्चित गर्नका लागि आमरण अनसन बस्न बाध्य हुने पीडित विद्यार्थीहरुले बताएका हुन् ।

काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै शिक्षा मन्त्रालयले गत वर्ष नाम निकालेका विद्यार्थीहरुलाई पढ्न नपठाई नयाँ शैक्षिक सत्रको लागि आगामी मंसिर २९ गते प्रवेश परीक्षाका सूचना प्रकाशित गरेर आपूmहरुलाई घर न घाटको बनाउन खोजेको उनीहरुको आरोप छ ।

गत २०६९ माघ ६ गते एमविविएसको जाँच लिएको र माघ ११ मा परिक्षाफल प्रकाशित गरिएका २ सय २० जना मध्ये ७६ जना विभिन्न त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुमा गएका र करिब १३२ जना विद्यार्थीहरु २०१३ अगष्ट सेसनको काठमाण्डु विश्वविद्यालयबाट मान्यताप्राप्त मेडिकल कलेजहरुमा पढ्न जानुपर्नेमा नोभेम्बरको अन्तिमसम्म पनि पढ्न जान नपाएको भन्दै पीडित विद्यार्थीहरुले चेतावनी दिएका हुन् ।

आत्महत्याको समेत चेतावनी

पत्रकार सम्मेलनमा बोल्दै पीडित विद्यार्थी रुद्र भण्डारीले भने, ‘पढाई सुरु भएको करिब दुई महिना बित्दासमेत शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले नाम निकालेका विद्यार्थीहरुको भविष्यमा खेलवाड गरिरहेको छ ।’

त्यस्तै अर्का विद्यार्थी गौरव भट्टले ‘पढ्न नपाइने चिन्ताले हामीमध्ये कोही भावआवेशमा आई आत्महत्या जस्तो हृदयविदारक कार्य गर्न पुगे’ भने त्यसको जिम्मेवारी शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले लिनुपर्ने चेतावनी दिए ।

‘डाक्टर बन्ने सपना बोकेका उत्कृष्ट विद्यार्थीहरुका भविष्यमा खेलबाड गरे हामी जस्तोसुकै कदम चाल्न बाध्य हुने छौं’, अर्का पीडित शिव अर्यालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us