काँग्रेस एमालेका सभासदलाई संबिधान नबन्ने चिन्ता

काठमाण्डु टुडे २०७० मंसिर १४ गते १४:४० मा प्रकाशित

गुल्मी,१४ मङ्सिर–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम गुल्मी–२ का संविधानसभा सदस्य चन्द्र भण्डारीले राजनीतिक दलमा सत्ता लिप्साको प्रवृत्ति बढेकाले आफूलाई फेरि देश बिग्रने डर लागेको बताएका छन ।
गुल्मीको तम्घासमा आयोजित सम्मान कार्यक्रममा उनले भने“अब मन्त्री बन्न आपसमा लडाइँ हुन्छ, यस्तो संस्कारको अन्त्य नभए जनताको अपेक्षा पूरा हुँदैन ।” धेरै राजनीतिक दलमा नेतृत्व असक्षम रहेको पनि उनले बताए ।
यसैबीच, नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् गुल्मी ३ का संविधानसभा सदस्य गोकर्ण विष्टले सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा जनताले दिएको जिम्मेवारी पूरा गर्ने काम चुनौतीपूर्ण भएको बताए ।
चुनाव जितेकामा खुसीभन्दा नयाँ संविधान कसरी बनाउने भन्ने चिन्ताले आफू हाँस्न नसकेको उनको भनाई थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us