
पर्सा, १४ मंसिर । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दुवै माओवादी र मधेसवादी दलहरुलाई पनि साथमा लिएर एक वर्षभित्र संविधान जारी गर्नुपर्ने बताएका छन् ।
एमाले पर्साले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले काँग्रेस र एमालेलाई जनताले सँगै मिलेर जान मत दिएका कारण काँग्रेस र एमालेसँगै अगाडि बढ्नुको विकल्प नभएको भन्दै सबैलाई मिलाएर अघि बढ्ने बताए ।
एमाओवादीलाई चुनावमा पराजित हुँदैमा मन सानो बनाउन नहुने भन्दै राजनीतिमा उतारचढाव भइरहने भएकाले यस पटकको निर्वाचनको परिणामलाई सहज रुपमा स्वीकारी संविधान निर्माण प्रक्रियामा सहभागी हुन आग्रह गरे ।