सूचनाको हकका लागि पहलकदमीमा जोड

काठमाण्डु टुडे २०७० मंसिर १४ गते १२:२४ मा प्रकाशित

madhav prasad paudel-matriललितपुर, १४ मंसिर– सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले सूचनाको हकको लागि नागरिक सचेतना आवश्यक पर्ने बताउँदै त्यसका लागि सरकारलगायत सरोकारवाला पक्षले पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

मन्त्री पौडेलले मुलुकमा राजनीतिक निकासको वातावरण सिर्जना भइसकेकाले अब बन्ने सरकारले सञ्चार क्षेत्रलाई थप गतिशील तुल्याउने विश्वास व्यक्त गरे । मिडिया एड्भोकेसी ग्रुपले शुक्रबार गरेको ‘सूचनाको हकका लागि नागरिक सचेतना’ कार्यक्रममा बोल्दै उनले सूचनाको हक मानवअधिकारको महत्वपूर्ण हक भएको बताए ।

कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता शंकर कोइरालाले अझैपनि धेरै नागरिकलाई सूचनाको हकसम्बन्धी जानकारी नभएकाले उनीहरु सूचनाको अवसरबाट बञ्चित रहेको बताए ।

त्यस्तै कानुनविद् काशीराज दाहालले सूचनाको हकसम्बन्धी कानुन आइसकेपछि पनि नागरिकहरूमा सूच्ना प्राप्त गर्ने अधिकारप्रति क्रियाशील नभएको धारणा व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us