अनौठो कुरा होइन काँग्रेसले सरकार बनाउनु

काठमाण्डु टुडे २०७० मंसिर १४ गते १४:०७ मा प्रकाशित

KP-Oliकाठमाण्डु, १४ मंसिर– एमाले नेता केपी शर्मा वलीले ठूलो दलको रुपमा काँग्रेसले सरकारको नेतृत्वको दावी गर्नु अनौठो नभएको बताएका छन् ।

ओलीले उत्तिकै हैसियत भएको एमाले र पहिलो दल बनेको काँग्रेसबीच एक आपसमा सहमति गरेर अहिलेको निकास निकालिनु पर्ने बताए । काँग्रेस सभापति सुशील कोइरालालाई उनकै निवास महाराजगञ्जमा भटेपछि राष्ट्रपति परिवर्तनबारे ओलीले भने, ‘संविधान जतिबेला चाहियो त्यतिबेला चलाउने विषय होइन, सबै कुरा विचार पुर्‍याएर गर्नुपर्छ ।’

भेटमा कोइराला र ओलीबीच संविधानसभाको बनावट, सरकार गठन र दलहरुबीच सहमति जुटाउने विषयमा छलफल भएको थियो । शुक्रबार साँझ भएको सो भेटमा दुवै दलबीच सरकार गठन लगायतका विषयमा समझदारी गरेर अघि बढ्ने सहमति भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us