समाचार

चिसोले झार्‍यो चौंरी गोठ

२०७० मंसिर १३ गते १०:२८

इलाम, १३ मंसिर– जिल्लाको उत्तरी क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि त्यहाँ लगिएका चौँरी गोठहरू न्यानो स्थान खोज्दै ओरालो झार्न थालिएको छ । इलामको कालापोखरी, सन्दकपुर, पाँचथरको फालोट, ताप्लेजुङको टिम्बुपोखरी, कालीखोला भन्ने स्थानबाट चौँरी गोठ न्यानोतर्फ सार्न थालिएको हो । अत्यधिक चिसो हुन थालेपछि चौँरी...

नेपाली देवकोटा र चिनियाँ लु सुन शुकबारदेखि संगसँगै

२०७० मंसिर १३ गते १०:१७

काठमाण्डु, १३ मंसिर– नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका क्रममा नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा र चीनका प्रसिद्ध साहित्यकार लु सुनका जीवनी र स्मृति झल्काउने उद्देश्यले नेपालमा दुईदिने प्रदर्शनी हुने भएको छ । देवकोटा–लु सुन प्रज्ञा–प्रतिष्ठानले यही मङ्सिर २१ र २२ गते लु सुनको जीवनी...

राष्ट्रपति फेर्न जरुरी छैनः बिजुक्छे

२०७० मंसिर १३ गते १०:०५

भक्तपुर, १३ मंसिर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधानसभा निर्वाचन सम्पन्न भएपछि राष्ट्रपतिको निर्वाचन आवश्यक नभएको जिकिर गरेका छन् । उनले संविधान निर्माण नभएसम्म राष्ट्रपतिमा डा. रामवरण यादवलाई नै कायम गनुपर्ने बताएका हुन् । एमालेले राष्ट्रपति परिवर्तन गर्ने कुरा उठाइरहेको समयमा विजुक्छेको...

कोइरालालाई जापानी र चिनियाँ राजदूतले भेटे

२०७० मंसिर १३ गते ९:१७

काठमाण्डु, १३ मंसिर–नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले विहीबार बिहान भेटवार्ता गरेका छन् । कोइराला निवास महाराजगन्जमा भएको भेटमा राजदूत ओगावाले संविधानसभा निर्वाचनमा नेपाली काँग्रेस ठूलो पार्टी बन्न सफल भएकोमा बधाई दिएका थिए । भेटवार्तामा दुई देशबीचको सम्बन्ध र...

सकारको नेतृत्व छनौट सहमतिमा

२०७० मंसिर १३ गते ८:५०

दमक, १३ मङ्सिर–संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले अघिल्लो सविधानसभामा भएका सहमतिलाई संस्थागत गरी अबको एक वर्षभित्र संविधान जारी गर्न सकिने बताएका छन । झापाको दमकमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा एमालेका नेतासमेत रहेका नेम्वाङले विगतको संविधानसभामा रहेका विवादित विषयमा केही बुँदा थपघट गरी सहमति...

हतियार सहित मोष्टवान्टेड पक्राउ

२०७० मंसिर १३ गते ५:४९

बाँके, १३ मंसिर–प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका तराई जनतान्त्रिक पार्टी मधेशका पश्चिम कमाण्ड प्रमुख सिकन्दर अलि खाँ र सलिम खाँ पक्राउ परेका छन् । अर्जुन सिंह भनिने मुकेश चौधरी नेतृत्वको समूहका सदस्य रहेका उनीहरुलाई प्रहरीले बुधबार राति हतियार र गोलि सहित बाँकेको नेपाल–भारत सीमा...

प्रधानाध्यापकमाथि छुरा प्रहार

२०७० मंसिर १३ गते ५:१३

नेपालगन्ज, १३ मंसिर–बाँकेको नेपालगन्जस्थित महेन्द्र नमुना उच्च माविका प्रधानाध्यापक दिलीपकुमार शाहलाई एक विद्यार्थीले छुरा हानेर घाइते बनाएका छन् । सोही विद्यालयमा अध्ययनरत रोशन परियारले शाहमाथि छुरा प्रहार गरेको वडा प्रहरी कार्यालयले जनाएको छ । छुरा प्रहारबाट घाइते प्रधानाध्यापक शाहको स्थानीय नेपालगन्ज शिक्षण अस्पतालमा उपचार...

प्रचण्ड भारत प्रस्थान

२०७० मंसिर १३ गते ४:३२

काठमाण्डु, १३ मंसिर–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विहीबार भारत गएका छन् । उनी बिहान १० बजे एयर इण्डियाको जहाजमार्फत् नयाँदिल्ली प्रस्थान गरेका हुन् । प्रचण्ड क्यान्सर पीडित जेठी छोरी ज्ञानु दाहाललाई भेट्न भारत गएका हुन् । लामो समयदेखि क्यान्सरबाट पीडित ज्ञानुको दिल्लीस्थित...

जनअधिकार फेरि सामन्तको हातमाः सापकोटा

२०७० मंसिर १३ गते ४:१९

सिन्धुपाल्चोक, १३ मंसिर– एकीकृत माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आउन लागेको जनताको अधिकार पुनः सामन्तवादको हातमा पुगेको ठोकुवा गरेको छ । देशैभरी आफ्नो पार्टीका उम्मेदवार हराउन देशी–विदेशी शक्ति लागिपरेको दोहोर्‍याउँदै भयानक पराजयले माहान विजयको ढोका खुल्ने उनले दावी गरे । सिन्धुपाल्चोक–२ बाट संविधानसभा सदस्यमा निर्वाचित...

म्यादी प्रहरीले उपचार पाएनन्

२०७० मंसिर १३ गते ४:०१

कञ्चनपुर, १३ मंसिर–निर्वाचनमा सुरक्षा दिन खटिएका एक म्यादी प्रहरी उपचारबाट वञ्चित भएका छन् । कञ्चनपुरबाट बैतडी खटिएका भीमदत्त नगरपालिका–७ हल्दुखालका म्यादी प्रहरी राजेन्द्र चन्द बैतडीको दशरथ चन्द नगरपालिका सुन्दरखालीस्थित दशरथ उच्च माविमा ड्युटीमा खटिएका बेला दुईतलाबाट खसेका थिए । दुईतलाबाट खस्दा चन्दको अघिल्तिरका तीनवटा...

जोताहामुखी भूमिसुधारका पक्षमा संबिधान लेख्न माग

२०७० मंसिर १३ गते ३:३०

कञ्चनपुर, १३ मङ्सिर–राष्ट्रिय भूमि अधिकार मञ्च कञ्चनपुरले अब बन्ने नयाँ संविधानमा जोताहामुखी भूमिअधिकारको प्रत्याभूति गर्नुपर्नेमा जोड दिएको छ । मञ्चले भूमिहीन किसान, सुकुम्वासी, बाढीपीडित, ऐलानी, आरक्षपीडित, गरिब, दलित, महिला, हलिया, कमैया, लोपोन्मुख जातिलगायतको माग सम्बोधन हुने गरी नयाँ बन्ने संविधानमा व्यवस्था गर्न यहाँका विजयी...

आज राष्ट्रिय क्षयरोग दिवस

२०७० मंसिर १३ गते ३:०९

काठमाण्डु, १३ मंसिर– ‘क्षयरोग मुक्त समाज, सबैका लागि जीबन’ भन्ने नाराकासाथ ६० औं राष्ट्रिय क्षयरोग दिवस विहीबार नेपालमा बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल क्षयरोग निवारण संस्था स्थापना भएको दिनको सम्झनामा हरेक बर्ष मंसिर १३ गते राष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ । क्षयरोग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us