हतियार सहित मोष्टवान्टेड पक्राउ

काठमाण्डु टुडे २०७० मंसिर १३ गते ५:४९ मा प्रकाशित

pakrau-arrestबाँके, १३ मंसिर–प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका तराई जनतान्त्रिक पार्टी मधेशका पश्चिम कमाण्ड प्रमुख सिकन्दर अलि खाँ र सलिम खाँ पक्राउ परेका छन् । अर्जुन सिंह भनिने मुकेश चौधरी नेतृत्वको समूहका सदस्य रहेका उनीहरुलाई प्रहरीले बुधबार राति हतियार र गोलि सहित बाँकेको नेपाल–भारत सीमा नाका जमुनाहाबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २ वटा पेस्तोल र केही गोली बरामद गरिएको भेरी अंचल प्रहरी प्रमुख एसएसपी मधुसुधन पुडासैनीले जानकारी दिए ।

बाँके रनियापुर–५ निवासी सिकन्दरलाई बाँके जिल्ला अदालतले यसअघि नै ६ बर्षको जेल सजाय सुनाएको थियो । तर, उनी पछि मुक्त भएका थिए । उनीमाथि बाँकेमा ३ जनाको हत्या गरेको अभियोग छ । उनले नै दलबहादुर राणाको हत्या गरेको तथा एक बर्ष अगाडि गौरव मल्ललाई गोली हानी घाइते बनाएको प्रहरीको भनाइ छ । उनी अपहरण, चन्दा असुली, लगायत आपराधिक गतिविधिमा पनि संलग्न रहँदै आएको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us