नेपाली देवकोटा र चिनियाँ लु सुन शुकबारदेखि संगसँगै

काठमाण्डु टुडे २०७० मंसिर १३ गते १०:१७ मा प्रकाशित

Laxmi-prasad-devkota-and-lu-sun-news by kedar shresthaकाठमाण्डु, १३ मंसिर– नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका क्रममा नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा र चीनका प्रसिद्ध साहित्यकार लु सुनका जीवनी र स्मृति झल्काउने उद्देश्यले नेपालमा दुईदिने प्रदर्शनी हुने भएको छ ।

देवकोटा–लु सुन प्रज्ञा–प्रतिष्ठानले यही मङ्सिर २१ र २२ गते लु सुनको जीवनी र लेखनसम्बन्धी प्रदर्शनी गर्ने तथा कार्यक्रममा देवकोटा र लु सुनको कृतित्वबारे चार विचारगोष्ठी पनि हुने छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने गोष्ठीमा नेपाल, चीन र अस्ट्रेलियाका विज्ञबाट कार्यपत्र प्रस्तुति हुनेछ ।

प्रदर्शनीमा बेइजिङबाट ल्याइएका लु सुन तथा देवकोटाम्बन्धी महत्वपूर्ण तस्बिर, दस्तावेज र पुस्तक समावेश हुनेछन् । प्रदर्शनीमा महाकवि देवकोटाबारे पनि महत्वपूर्ण सामग्री रहने देवकोटा–लु सुन प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंले जानकारी दिए ।

कार्यक्रममा भाग लिन बेइजिङ लु सुन सङ्ग्रहालयका निर्देशक याङ याङ, बेइजिङ विश्वविद्यालयका प्रा गाओ युयाङडोङ, रेनमिन विश्वविद्यालयका प्रा सुन यी र अस्ट्रेलियाको युनिभर्सिटी अफ साउथ बेल्सका प्रा जोन एउगिन भोन कोलिसलगायत नेपाल आउने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us